BIZMANDU
www.bizmandu.com

लाइफ इन्स्योरेन्सको व्यापार १०.४६ प्रतिशतले बढ्यो, ९६ अर्ब प्रिमियम संकलन, कुन कम्पनीको कति?

२०८१ फागुन १३

लाइफ इन्स्योरेन्सको व्यापार १०.४६ प्रतिशतले बढ्यो, ९६ अर्ब प्रिमियम संकलन, कुन कम्पनीको कति?
लाइफ इन्स्योरेन्सको व्यापार १०.४६ प्रतिशतले बढ्यो, ९६ अर्ब प्रिमियम संकलन, कुन कम्पनीको कति?

काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनासम्म लघुसहित १७ वटा लाइफ इन्स्योरेन्सले ९६ अर्ब १ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन्।

Tata
GBIME

कम्पनीहरुले यस वर्ष ७ महिनामा आर्जन गरेको प्रिमिमय गत वर्ष सोही अवधिको तुलनामा १०.४६ प्रतिशतले धेरै हो। इन्स्योरेन्सले पोहोर माघसम्म ८६ अर्ब ९२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो।

इन्स्योरेन्स कम्पनीहरुले नयाँ व्यापार १६ अर्ब १५ करोड रुपैयाँबाट १६.२५ प्रतिशतले बढाएर १८ अर्ब ७७ करोड रुपैयाँ पुर्‍याएका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा बाहेकका कम्पनीले व्यापार बढाएका हुन्।

जीवन बीमा कम्पनीले दुई आर्थिक वर्षको सात महिनामा आर्जन गरेको प्रिमियम (रुपैयाँ लाखमा)

जीवन कम्पनी२०८१/८२२०८०/८१फरक %
नेपाल लाइफ२६००५४.४८२३२०७४.२६१२.०६
हिमालयन९९०००.९५९९१३४.८४-०.१४
नेसनल लाइफ११२३६५.४३१००५२७.९३११.७८
सुर्यज्योति५९५२२.३२५०३२२.८२१८.२८
आइएमई२९०८२.९१२५०१९.२८१६.२४
सानिमा रिलायन्स३८०९६.९०३३८२६.२७१२.६३
प्रभु महालक्ष्मी२८५८९.४९२३८५२.१५१९.८६
रिलायबल नेपाल२७९२५.५२२३०९९.०५२०.८९
सन नेपाल२३८७२.४९२१२१४.३४१२.५३
सिटिजन३९८४७.५०३२६६२.५२२२
एसियन लाइफ५०७८७.८३४४३५९.९११४.४९
लाइफ इन्स्योरेन्स कर्पोरेसन१११७०९.८९१०१४६९.१३१०.०९
राष्ट्रिय जीवन बीमा कम्पनी३९२५८.१२४९८१९.९७-२१.२
मेट लाइफ३३७५२.७९३१४२५.९८७.४