BIZMANDU
www.bizmandu.com

एआईको प्रयोग बढेपछि सिंगापुरको डीबीएस बैंकले चार हजार कर्मचारी कटौती गर्ने

२०८१ फागुन १३

एआईको प्रयोग बढेपछि सिंगापुरको डीबीएस बैंकले चार हजार कर्मचारी कटौती गर्ने
एआईको प्रयोग बढेपछि सिंगापुरको डीबीएस बैंकले चार हजार कर्मचारी कटौती गर्ने


सिंगापुरको ठूलो बैंक डीबीएसले आउने ३ वर्षमा करिब चार हजार कमर्चारी कटौती गर्ने जनाएको छ। डीबीएस बैंक सिंगापुरको मल्टिनेश्नल बैंकिङ र फाइनान्सियल कर्पोरेसन हो।

Tata
GBIME
NLIC

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानिसभन्दा बढी बैंकको काम गर्ने हुँदा यो कटौती गर्न लागेको बैंकले जनाएको छ।

आउने वर्षहरुमा अस्थायी र कन्ट्रयाक्टमा काम गरिरहेकाहरुको जागिर कटौती हुने जनाइएको छ। स्थानीय कर्मचारीहरु भने यो निर्णयबाट प्रभावित हुने छैनन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत पियुष गुप्ताले एआई सम्बन्धी एक हजार जागिर बैंकले खुला गर्ने योजना रहेको पनि बताएका छन्।

डीबीएसमा हाल ८ हजारदेखि ९ हजार मानिस अस्थायी र कन्ट्रयाक्टमा काम गरिरहेका छन्। बैंकमा करिब ४१ हजार कमर्चारी कार्यरत छन्।

गुप्ताले यही मार्चमा यो बैंक छाड्दैछन्। उनको ठाउँमा बहालवाला उप प्रमुख तान सु सान आउनेछन्।