BIZMANDU
www.bizmandu.com

इसेवा महा–उत्सवमा रवि बम्जन बम्पर उपहार विजेता, नामी कार हस्तान्तरण

२०८१ फागुन १३

इसेवा महा–उत्सवमा रवि बम्जन बम्पर उपहार विजेता, नामी कार हस्तान्तरण
इसेवा महा–उत्सवमा रवि बम्जन बम्पर उपहार विजेता, नामी कार हस्तान्तरण

काठमाडौं । इसेवाले दशैं, तिहार र छठको अवसरमा घोषणा गरेको इसेवा महा–उत्सव अफरको बम्पर उपहारको विजेता घोषणा भएको छ।

Tata
GBIME

अफर अन्तर्गत इसेवाबाट कुनै एक कारोबार गर्ने भाग्यशाली प्रयोगकर्तालाई बम्पर उपहार स्वरुप नामी कम्पनीको नयाँ इलेक्ट्रिक कार दिने बताइएको थियो।

आज बम्पर उपहार विजेता हुन सफल भएका रवि बम्जनलाई इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्य र फाइनान्स प्रमुख सरोज कुमार घिमिरेले कार हस्तान्तरण गरेका हुन्।

सो कार्यक्रममा नामी कार विजेता रवि बम्जनले आफुले कार जित्ने कुरा कहिले नसोचेको र इसेवाबाट उक्त जानकारी पाउँदा सुरुमा त विश्वास नै नगरेको बताएका थिए। पछि इसेवाको आधिकारीक पेज मार्फत सो बारे समाचार तथा विज्ञप्ती देखे पछि मात्र विश्वास भएको बताएका थिए।

इसेवाको यो अफर २०८१ सालको असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म चलेको थियो। हरेक कारोबारमा कार जित्ने मौकासँगै १०० रुपैयाँको खेल खेल्ने प्रयोगकर्ताहरूलाई आइफोन १६ जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, आदि को बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई ६५ इन्चको टिभी जित्ने मौका पनि रहेको थियो।

यस्तै, दैनिक फ्ल्यास सेल र साप्ताहिक हट डिल्स यसइसेवा महा–उत्सवमा थप आर्कषणका केन्द्र रहेको थियो भने इन्टरनेट बिल भुक्तानी गर्नेहरुका लागि आइफोन १६ प्रो जित्ने मौका समेत समावेश थियो।