BIZMANDU
www.bizmandu.com

एनएसीको न्यारोबडी जहाज मर्मतपछि दमामबाट ८७ यात्रु लिएर आइपुग्यो काठमाडौं

२०८१ फागुन १३

एनएसीको न्यारोबडी जहाज मर्मतपछि दमामबाट ८७ यात्रु लिएर आइपुग्यो काठमाडौं
Tribhuvan International Airport, plane, airlines photos by Prabin Ranabhat


काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)को ९ एन-एकेएक्स कलसाइनको न्यारोबडी जहाज मर्मतपछि दमामबाट ८७ यात्रुसहित काठमाडौंमा अवतरण गरेको छ।

Tata
GBIME
NLIC

जहाज मंगलबार बिहान १०:२० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको एनएसीका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। काठमाडौंबाट गत शनिबार दमाममा अवतरणलगत्तै प्राविधिक समस्या देखिएपछि जहाज ग्राउण्डेड भएको थियो। दुई दिन लगाएर मर्मतपछि जहाज यात्रुसहित फर्किएको हो।

‘दमामबाट आएको जहाजले आज साँझ क्वालालाम्पुर उडान गर्ने योजना छ,’ पौडेलले भने।

एनएसीको सि-चेकका लागि माघ २० गते चीन पठाइएको ९ एन-एकेडब्लू कलसाइनको जहाज मंगलबार राति फर्किंदैछ।