BIZMANDU
www.bizmandu.com

बैंकिङ प्रणालीबाट उठाएको डेढ खर्ब रुपैयाँ परिपक्व नहुँदै फेरि २५ अर्ब उठाउँदै राष्ट्र बैंक

२०८१ फागुन १३

बैंकिङ प्रणालीबाट उठाएको डेढ खर्ब रुपैयाँ परिपक्व नहुँदै फेरि २५ अर्ब उठाउँदै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट उठाएको डेढ खर्ब रुपैयाँ परिपक्व नहुँदै फेरि २५ अर्ब उठाउँदै राष्ट्र बैंक


काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट यसअघि उठाएको डेढ खर्ब रुपैयाँ परिपक्व हुन बाँकी रहेको अवस्थामा थप २५ अर्ब रुपैयाँ खिच्ने भएको छ।

Tata
GBIME
NLIC

बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँ तान्न लागेको हो।

बोलकबोल उपकरणमार्फत २२ दिनका लागि पैसा तान्न लागेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ। राष्ट्र बैंकले यसअघि खिचेको १ खर्ब ४९ अर्ब ७५ करोड रुपैयाँ परिपक्व हुन बाँकी छ।