काठमाडौं। टाटा मोटर्सको टियायो इभी २०२५ मोडल नेपाली बजारमा भित्रिएको छ। पुरानोका तुलनामा नयाँ गाडीमा फिचरहरु थप भएर आएका छन्। तर, कम्पनीले मूल्य भने पुरानै अफर गरेको छ।
यसले गर्दा ग्राहकले नयाँ टियागो इभी खरिद गर्दा पुरानै मूल्यमा फिचर थप भएर आएको मोडल पाउनेछन्। नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो इभी हालसम्म २ हजार युनिट बिक्री भइसकेको जनाएको छ। यसको मूल्य २७ लाख ४९ हजार रुपैयाँ छ।
पुरानो र नयाँ टियागो इभीमा फरक के छन् त? यसमा गाडीको कलर पनि नयाँ आएको छ। जसमा चिल लेम पेन्ट कलर अहिलेको फेमस छ। जुन नेपाली बजारमा पनि उपलब्ध भइसकेको छ।
पुरानोमा हलोजिन हेडलाइट थियो। तर, हेडल्याम्प अहिले नयाँ एलइडी राखिएको छ। शार्कफिन एन्टेना पनि नयाँ टियागो इभीमा उपलब्ध छ। १४ इन्चको हाइपर स्टाइल ह्वील दिइएको छ। नयाँ ड्यासबोर्ड राखिएको छ। नयाँ स्मार्ट डिजिटल स्टेरिङ ह्वील प्रदान गरिएको छ।
एडभान्स्ड डिजिटल इन्स्ट्रुमेन्ट कल्स्टर र २६.०३ सेन्टिमिटरको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ। यस्तै वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्छ।
टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल होल्ड कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, एचडी रियर भ्यु क्यामेरा जस्ता नयाँ फिचर थपिएर आएको छ।