BIZMANDU
www.bizmandu.com

नेप्से ३.१५ अंकले बढेर २७५८.७५ विन्दुमा, ११ अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच

२०८१ फागुन १२

नेप्से ३.१५ अंकले बढेर २७५८.७५ विन्दुमा, ११ अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच
नेप्से ३.१५ अंकले बढेर २७५८.७५ विन्दुमा, ११ अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच


काठमाडौं। सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक सोमबार ३.१५ अंकले उकालो लागेर २७५८.७५ विन्दुमा पुगेको छ।

Tata
GBIME
NLIC

कारोबारमा आएका बैंकिङ, लगानी, उत्पादन तथा प्रशोधन र अन्य क्षेत्रका उपसमूहले बजार बढाएका हुन्। ९० कम्पनीको सेयर मूल्य बढेको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

१४५ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। विन नेपाल लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

११ अर्ब ८ करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। हिमालयन रि-इयन्स्योरेन्सको सर्वाधिक ८९ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

त्यस्तै, नेपाल रि-इन्स्योरेन्सको ८० करोड ६७ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको ४४ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।