BIZMANDU
www.bizmandu.com

नेप्सेको सीइओ छान्ने प्रक्रिया अगाडि बढ्यो, अर्थमन्त्री पौडेलले गठन गरे पोखरेलको संयोजकत्वमा समिति

२०८१ फागुन ११

नेप्सेको सीइओ छान्ने प्रक्रिया अगाडि बढ्यो, अर्थमन्त्री पौडेलले गठन गरे पोखरेलको संयोजकत्वमा समिति
नेप्सेको सीइओ छान्ने प्रक्रिया अगाडि बढ्यो, अर्थमन्त्री पौडेलले गठन गरे पोखरेलको संयोजकत्वमा समिति


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति प्रक्रिया अगाडि बढेको छ।

Tata
GBIME
NLIC

खुल्ला प्रतिस्पर्धाबाट नेप्सेको सीइओ नियुक्तिका लागि अर्थ मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा आइतबार समिति गठन गरेका हुन्। समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र डा.खोमराज खरेल सदस्य छन्। खरेललाई विज्ञका रुपमा सदस्य बनाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सीइओ नियुक्त गर्नेछ।

नेप्सेमा सीइओको पद करिब तीन सातादेखि खाली छ। यसअघिका सीइओ कृष्णप्रसाद कार्कीको कार्यकाल माघ २४ गते सकिएको थियो।