BIZMANDU
www.bizmandu.com

नेप्से परिसूचक दोहोरो अंकले बढेर २७५५.४० विन्दुमा, ११ अर्ब ५४ करोडको सेयर किनबेच

२०८१ फागुन ११

नेप्से परिसूचक दोहोरो अंकले बढेर २७५५.४० विन्दुमा, ११ अर्ब ५४ करोडको सेयर किनबेच
नेप्से परिसूचक दोहोरो अंकले बढेर २७५५.४० विन्दुमा, ११ अर्ब ५४ करोडको सेयर किनबेच

काठमाडौं। सेयर बजार परिसूचक दोहोरो अंकले उकालो लागेको छ। नेेप्से परिसूचक आइतबार ११.६६ अंकले बढेर २७५५.४० विन्दुमा पुगेको हो।

Tata
GBIME

उत्पादन तथा प्रशोधन, जीवन बीमा, लगानी, अन्य, निर्जीवन बीमा, म्युचुअल फण्ड र बैंकिङ उपसमूहले बजार बढाएका हुन्।

९१ कम्पनीको मूल्य बढेको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा पोजेटिभ सर्किट लागेको छ।

१४८ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

बजारमा ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक ९५ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

त्यस्तै, सिटिजन लाइफको ६१ करोड ४८ लाख, नेपाल रि-इन्स्योरेन्सको ६० करोड २९ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको ४० करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।