BIZMANDU
www.bizmandu.com

रोहित पौडेल लीपमोटर नेपाल र सिट्रोन नेपालको ब्रान्ड एम्बासडरमा अनुबन्धित

२०८१ फागुन ११

रोहित पौडेल लीपमोटर नेपाल र सिट्रोन नेपालको ब्रान्ड एम्बासडरमा अनुबन्धित
रोहित पौडेल लीपमोटर नेपाल र सिट्रोन नेपालको ब्रान्ड एम्बासडरमा अनुबन्धित


काठमाडौं । नेपालमा लीपमोटर, सिट्रोन र प्यूजोका आधिकारिक वितरक, साङ्ग्रिला मोटर्स् प्रा.लि. ले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई लीपमोटर र सिट्रोनका आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा अनुबन्ध गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीले पौडेलसँग ३ वर्षको अवधिको लागि सम्झौता गरेको छ। कम्पनीले यो साझेदारीलाई नेपालका अटोमोटिव बजारमा नयाँ अध्यायको सुरुवातका रुपमा लिएको जनाएको छ।

गोल्छा अर्गनाइजेसनको सदस्यको रुपमा साङ्ग्रिला मोटर्स् प्रा.लि.ले  नवप्रवर्तनशील र दिगो सवारीमा सबैको पहुँच पुर्‍याउने लक्ष्य लिएको छ। रोहित पौडेलसँगको सहकार्यले नेतृत्व, उत्कृष्टता र प्रतिबद्धताको साझा अवधारणालाई प्रतिविम्बित गर्ने कम्पनीको दाबी छ।

पौडेलले आफ्नो टोलीलाई मैदानमा कुशल नेतृत्व दिए जसरी लीपमोटर र सिट्रोनले नेपालका अटोमोटिव बजारमा उन्नत प्रविधि र विश्वस्तरीय प्रदर्शनका साथ अग्रणी बन्ने लक्ष्य लिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।