BIZMANDU
www.bizmandu.com

वैदेशिक रोजगार म्यादी जीवन बीमा कोष रि-इन्स्योरेन्सले अब पालैपालो सञ्चालन गर्न पाउने

२०८१ फागुन ११

वैदेशिक रोजगार म्यादी जीवन बीमा कोष रि-इन्स्योरेन्सले अब पालैपालो सञ्चालन गर्न पाउने
वैदेशिक रोजगार म्यादी जीवन बीमा कोष रि-इन्स्योरेन्सले अब पालैपालो सञ्चालन गर्न पाउने

काठमाडौं। वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक कोष (पुल)को सञ्चालन रि-इन्स्योरेन्स कम्पनीले पालैपालो गर्न पाउने भएका छन्।

Tata
GBIME

नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक कोष सम्बन्धी निर्देशन, २०८१ मा संशोधन गरेर रि-इन्स्योरेन्सले ४ वर्षका दरले पालैपालो कोष सञ्चालन गर्न सकिने व्यवस्था गरेको हो।

प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमाबापत प्राप्त हुने बीमा शुल्क र दाबी व्यवस्थापन गर्न बीमकहरुले सामूहिक बीमा कोष स्थापना गर्नुपर्ने व्यवस्था गरेको छ।

कोष प्रबन्धकको कार्य रि-इन्स्योरेन्सले संयुक्तरुपमा गर्ने व्यवस्था रहेकामा प्राधिकरणले त्यसलाई संशोधन गरेको हो। नेपालमा हिमालयन रि र नेपाल रि गरेर दुईवटा पुर्नबीमा कम्पनी सञ्चालनमा छन्।

इन्स्योरेन्सले बीमालेख जारी गर्नेदेखि दाबी भुक्तानीसम्मको कामका लागि व्यवस्थापन खर्चबापत बीमा शुल्कको एक प्रतिशत रकम पाउँछन्।

त्यस्तै, कोष प्रबन्धकले बीमांकीय मूल्यांकनका लागि लागेको वास्तविक खर्च सदस्य बीमकहरुमा बीमाशुल्क बाँडफाँडका आधारमा मिलान गर्ने व्यवस्था छ।