BIZMANDU
www.bizmandu.com

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिक्री खुला, फागुन १५ गतेसम्म म्याद

२०८१ फागुन ११

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिक्री खुला, फागुन १५ गतेसम्म म्याद
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिक्री खुला, फागुन १५ गतेसम्म म्याद

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन गरेको छ। इन्स्योरेन्सले आइतबारदेखि सेयर सर्वसाधारणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्री खुलाएको हो।

Tata
GBIME
Nepal Life

लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँ दरले न्यूनतम् १० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आइपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरुलाई २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर बिक्री गरिसकेको छ।

कम्पनीले चुक्ता पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको थियो।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ।