BIZMANDU
www.bizmandu.com

काठमाडौंका दुई स्थानमा दिउँसै घरबाट सुनका गहना चोरी, चोर खोज्दै प्रहरी

२०८१ फागुन ९

काठमाडौंका दुई स्थानमा दिउँसै घरबाट सुनका गहना चोरी, चोर खोज्दै प्रहरी
काठमाडौंका दुई स्थानमा दिउँसै घरबाट सुनका गहना चोरी, चोर खोज्दै प्रहरी


काठमाडौं । बिहीबार काठमाडौंका दुई स्थानमा घरबाट सुनका गहना चोरी भएको छ।

Tata
GBIME
NLIC

बिहीबार दिउँसो काठमाडौं महानगरपालिका-३१ जागृतीनगर बस्ने कृष्ण केसीको घरबाट सुनका विभिन्न गरगहनाहरु चोरी भएको प्रहरीले जनाएको छ। चोरी भएको गहनाको मूल्य करिब ४ लाख ८० हजार रूपैयाँ रहेको छ।

यस्तै, बिहीबार दिउँसो नै काठमाडौंको नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ डेरा गरि बस्ने पाल्पा रामपुर नगरपालिका-१० घर भएकी संगिता पन्थीको कोठाबाट पनि सुनका गहना चोरी भएको प्रहरीले जनाएको छ।

पन्थीको कोठाबाट गरगहनाहरू गरि करिब २ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।

प्रहरीले चोरीमा संलग्न व्यक्तिहरुको खोजी जारी रहेको जनाएको छ।