BIZMANDU
www.bizmandu.com

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस सेयर

२०८१ फागुन ९

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस सेयर
सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस सेयर

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Tata
GBIME

इन्स्योरेन्सको संचालक समितिको बिहीबार बसेको बैठकले लाभांशको निर्णय गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सेयरधनीले लाभांश पाउनेछन्।