BIZMANDU
www.bizmandu.com

यूरोपेली हेलिकोप्टर आयातमा प्रतिबन्ध लगाउने निर्णयबाट पछि हट्यो क्यान, यस्तो छ कारण

२०८१ फागुन ८

यूरोपेली हेलिकोप्टर आयातमा प्रतिबन्ध लगाउने निर्णयबाट पछि हट्यो क्यान, यस्तो छ कारण
यूरोपेली हेलिकोप्टर आयातमा प्रतिबन्ध लगाउने निर्णयबाट पछि हट्यो क्यान, यस्तो छ कारण

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) यूरोपेली हेलिकोप्टरको आयातमा प्रतिबन्ध लगाउने निर्णयबाट पछि हटेको छ।

Tata
GBIME

पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हेलिकोप्टर आयातमा प्रतिबन्धले नेपाललाई ईयूको सुरक्षा सूचीबाट बाहिर निकाल्न थप चुनौतीपूर्ण हुन सक्ने बताएपछि क्यानले आफ्नो निर्णय स्थगन गरेको हो।

क्यानले यसअघि दुर्घटनामा परेका अधिकांश हेलिकोप्टर एयरबस कम्पनीका भएको भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो। माउन्टेन एयरले एलसी खोलेर चीनमा आइसकेको हेलिकोप्टर समेत क्यानले रोकिदिएको थियो।

‘मन्त्रीज्यूले कुनै एक कम्पनीलाई लक्षित गरेर हेलिकोप्टर आयातमा प्रतिबन्ध लगाउँदा राम्रो सन्देश नजानेतर्फ गम्भीर हुनुपर्छ भन्नुभयो। मन्त्रीज्यूको आग्रहलाई मध्यनजर गरी प्रतिबन्धको निर्णय स्थगन गरिएको हो,’ क्यान स्रोतले भन्यो।