BIZMANDU
www.bizmandu.com

सीएनआईले पीआरआईसँग सहकार्य गर्ने, अर्थतन्त्रको विकासमा सहयोग पुग्ने विश्वास

२०८१ फागुन ८

सीएनआईले पीआरआईसँग सहकार्य गर्ने, अर्थतन्त्रको विकासमा सहयोग पुग्ने विश्वास
सीएनआईले पीआरआईसँग सहकार्य गर्ने, अर्थतन्त्रको विकासमा सहयोग पुग्ने विश्वास


काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) र नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई)ले नीतिगत विषयमा सहकार्य
गर्ने भएका छन्।

Tata
GBIME
NLIC

उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति अनुसन्धान गर्ने सम्बधमा दुई संस्थाबीच बिहिबार समझदारी भएको छ।

समझदारी पत्रमा पीआरआईका अध्यक्ष प्रा.डा. लेखनाथ शर्मा र सीएनआईका महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे। हस्ताक्षर कार्यक्रममा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल पनि उपस्थित थिए।

अध्यक्ष अग्रवालले सरकारलाई अनुसन्धानमा आधारित रहेर नीतिगत सुझाव दिंदै आएकामा प्रतिष्ठानसँगको समझदारीले काम थप प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले सरकारलाई स्पष्ट एवं प्रभावकारी नीतिगत सुझाव दिनसक्दा त्यसले समग्र अर्थतन्त्रको विकासमा सहयोग गर्ने बताए।