BIZMANDU
www.bizmandu.com

सेयर बजार परिसूचक ३.१४ अंक बढेर २७४३ विन्दुमा, ८ अर्ब ६२ करोडको कारोबार

२०८१ फागुन ८

सेयर बजार परिसूचक ३.१४ अंक बढेर २७४३ विन्दुमा, ८ अर्ब ६२ करोडको कारोबार
सेयर बजार परिसूचक ३.१४ अंक बढेर २७४३ विन्दुमा, ८ अर्ब ६२ करोडको कारोबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन नेप्से ३.१४ अंकले बढ्दै २७४३.७४ को विन्दुमा रह्यो। बिहीबार व्यापार समूहको सूचक ३.७७ र जीवन बीमा २.४२ प्रतिशतले बढ्दा परिसूचक हरियो भएको हो।

Tata
GBIME

व्यापार, जीवन बीमा, निर्जीवन बीमा, र अन्य समूह बढे पनि वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड भने घटेका छन्।

८१ कम्पनीको सेयरमूल्य बढ्दा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा आज पनि सर्किट स्तरको बढोत्तरी रह्यो। लगातार बढेको उक्त कम्पनी सेयर प्रति कित्ता ७०९ रुपैयाँ ३० पैसा पुगेको छ।

वीन नेपाल लघुवित्त वित्तीय संस्था ९.६९ र अपर हेवाखोलाको सेयरमूल्य ९.१४ प्रतिशतले बढेको छ।

१५८ कम्पनीको सेयरमूल्य घट्दा तिनका लगानीकर्ताले गुमाएका छन्। घटेका कम्पनीमध्ये बाराही हाइड्रोपावरको सर्वाधिक ८.३५ प्रतिशतले घटेको छ।

८ अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार हुँदा पहिलो नम्बरमा नेपाल रिइन्स्योरेन्स कम्पनी रह्यो। उक्त कम्पनीको ६५ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै हिमालयन रिइन्स्योरेन्स ३८ करोड ३७ लाख, सीइडीबी होल्डिङ्स्को ३६ करोड ४९ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ६ लाखको सेयर कारोबार भएको छ।