काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी, मधेश र बागमती प्रदेशका लागि प्रदेशगत रुपमा छनौट भएका ९७ जना कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम संचालन गरेको छ।
नवनियुक्त सहायक (प्रशासन सेवाका) ९५ जना र वरिष्ठ सहायक स्तरका २ जनालाई १४ दिने पूर्व सेवाकालिन तालिम सञ्चालन प्रदान गरिँदैछ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज तालिम कार्यक्रमको शुभारम्भ गरे। त्यसक्रममा उनले बैंक प्रति जनताको अत्यन्तै विश्वास रहेको र त्यस विश्वासलाई जोगाईराख्न फ्रन्टलाइनमा बस्ने कर्मचारीहरुले सदैव जिम्मेवार भएर सेवा दिनुपर्ने बताएका थिए।
त्यस्तै उनले बैंकिङ क्षेत्रमा भएको बढ्दो जोखिमलाई न्यूनिकरण गरि कार्य गर्नुपर्ने नयाँ कर्मचारीहरुलाई बताएका थिए।
कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक तथा वरिष्ठ सहायक ९७ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम सपथ गराएका थिए।