BIZMANDU
www.bizmandu.com

चीनको सिजाङले बढायो वैदेशिक व्यापार, नेपाललाई १२ हजार इभी बिक्री, जीडीपीमा ६.३ प्रतिशत वृद्धि

२०८१ फागुन ८

चीनको सिजाङले बढायो वैदेशिक व्यापार, नेपाललाई १२ हजार इभी बिक्री, जीडीपीमा ६.३ प्रतिशत वृद्धि
(231021) -- URUMQI, Oct. 21, 2023 (Xinhua) -- This photo taken on Oct. 22, 2020 shows workers working on the production lines at an intelligent workshop of the Saurer Xinjiang Intelligent Machinery Co., Ltd. in Urumqi, northwest China's Xinjiang Uygur Autonomous Region. (Xinhua/Wang Fei)


सांघाई । कोभिड-१९ का कारण शिथिल बनेको नेपाल-चीन व्यापार चलायमान बन्दै गएको छ। चीनको दक्षिण पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रले वैदेशिक व्यापार बढाएको छ।

Tata
GBIME
NLIC

तिब्बतले सन् २०२४ मा १२ अर्ब ६७ करोड युआन अर्थात १ अर्ब ७७ करोड अमेरिकी डलर बराबरको वैदेशिक व्यापार गरेको छ।

२०२३ को तुलनामा २०२४ मा निर्यात १५.३ प्रतिशतले वृद्धि भई ११ अर्ब ३२ करोड युआन तथा आयात १६.९ प्रतिशतले वृद्धि भई १ अर्ब ३५ करोड युआन पुगेको ल्हासास्थित भन्सार कार्यालयले जनाएको छ।

तिब्बतले १४० देशसँग आफ्नो व्यापारिक सम्बन्ध विस्तार गरेकामा नेपाल प्रमुख व्यापारिक साझेदार हो। नेपालसँग तिब्बतको व्यापार ८४.८ प्रतिशतले बढेर ५ अर्ब १२ करोड युआन पुगेको छ।

व्यापारमा ९८.६ प्रतिशत योगदान निजी क्षेत्रको छ।

तिब्बतले २०२४ मा नेपालमा मात्र १ अर्ब ५५ करोड युआन बराबरका ११ हजार ८०० भन्दा बढी इभी निर्यात गरेको छ। इभीको निर्यात १४४.८२ प्रतिशतले बढेको भन्सार कार्यालयले जनाएको छ।

सिजाङ जुदातोङ ट्रेड कम्पनी लिमिटेडका महाप्रबन्धक सुन योङले चिनियाँ इभीले नेपालमा लोकप्रियता हासिल गरिरहेकोले व्यापारमा समेत वृद्धि भएको बताए।

सिजाङले आफ्नो खुलापनको प्रयासलाई गहिरो बनाउँदै लैजाँदा सीमा व्यापारले गति लिइरहेको छ। सन् २०२४ मा १४ वटा परम्परागत सीमा व्यापार विन्दु पुनः सञ्चालनमा ल्याउने सहमतिसहित तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र तिब्बती अधिकारीहरुले संयुक्तरुपमा उद्घाटन गरेका थिए।

स्थानीय अधिकारीहरूले विशेष उत्पादनहरूको बढ्दो निर्यात, नयाँ ऊर्जा उत्पादनहरूको बढ्दो माग र भन्सार क्लियरेन्स प्रक्रियामा भएको वृद्धिका कारण व्यापार वृद्धि भएको बताएका छन्।

ऊन र कश्मिरी जस्ता पठार विशेष वस्तुहरूको निर्यातले पहिलोपटक २०२४ मा १०० मिलियन युआन पार गरेको छ।

त्यस्तै दक्षिण एसियामा नवीन ऊर्जा वाहन (एनईभी), लिथियम ब्याट्री र सौर्य उत्पादनहरूको माग बढ्दै जाँदा नवीकरणीय ऊर्जा क्षेत्र पनि तिब्बतको वैदेशिक व्यापारको प्रमुख आधार बनेको छ।

चीनले नेपालसँग सीमा जोडिएका नाकाहरुमा बन्दरगाह निर्माण आधुनिकिकरण तथा व्यापार नीतिलाई अनुकूल बनाउँदै लैजाँदा नेपालसँगको व्यापारमा वृद्धि हुँदै गएको छ।

वैदेशिक व्यापारमा वृद्धि हुँदा सिजाङको कुल गार्हस्थ्य उत्पादन ६.३ प्रतिशतले वृद्धि भएको छ।

सन् २०२५ मा सिजाङ स्वायत्त क्षेत्रको ६०औं स्थापना दिवस मनाइँदैछ। सन् २०२० मा बेइजिङमा आयोजित सिजाङसम्बन्धी सातौं राष्ट्रिय बैठकले नयाँ युगमा सिजाङ सम्बन्धी सीपीसीको दिशानिर्देशको खाका प्रस्तुत गरेको थियो।

सन् २०२२ मा ९५ देशहरुसँग सीमित सिजाङको वैदेशिक व्यापार त्यही खाका अनुरुप २०२४ मा बढेर १४० देशमा पुगेको हो। सीपीसीले २०२३ मा ह्वाइट पेपर जारी गर्दै सिजाङ क्षेत्रको समग्र विकासमा चिनियाँ योजना प्रस्तुत गरेको थियो।