BIZMANDU
www.bizmandu.com

ऋण तिर्न हकप्रद सेयर, अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रदबाट ५० करोड उठाउने

२०८१ फागुन ८

ऋण तिर्न हकप्रद सेयर, अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रदबाट ५० करोड उठाउने
ऋण तिर्न हकप्रद सेयर, अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रदबाट ५० करोड उठाउने

काठमाडौं। अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आयोजना निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण घटाउन शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ।

Tata
GBIME

कम्पनीको सञ्चालक समितिले ८.५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजना निर्माण गर्दा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण घटाउन १:१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

कम्पनीको चुक्ता पुँजी हाल ५० करोड रुपैयाँ छ। हकप्रद सेयरबाट उठ्ने रकम १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने पनि कम्पनीले जनाएको छ। हकप्रद सेयर निष्कासनका लागि कम्पनीले सुरुमा विद्युत नियमन आयोगको पूर्वस्वीकृति लिनुपर्छ।

संचालक समितिले पूर्वस्वीकृतिका लागि आयोगमा निवेदन दिने निर्णय गरेको छ।