BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा ११ सय र चाँदी १५ रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार?

२०८१ फागुन ७

सुनको मूल्य तोलामा ११ सय र चाँदी १५ रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार?
सुनको मूल्य तोलामा ११ सय र चाँदी १५ रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार?


काठमाडौं। सुनको मूल्य बुधबार तोलामा ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य बुधबार प्रति तोला एक लाख ७० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
NLIC

मंगलबार सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै सोमबार १२ सय रुपैयाँ बढ्दै प्रति तोला १ लाख ६८ हजार ७०० रुपैयाँ कायम थियो। आइतबार १ लाख ६७ हजार ५०० रुपैयाँ थियो।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रति तोला १ हजार ९८५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको भाउ स्थिर रहँदै प्रति तोला १ हजार ९७० रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य आइतबार १ हजार ९५५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दै बुधबार प्रति औंस २९२९.३४ डलर भएको छ। चाँदी प्रति औंस ३२.६५ डलरमा कारोबार भइरहेरहेको छ।

मंगलबार सुन प्रति औंस २९१०.७६ डलर र  चाँदी प्रति औंस ३२.४३ डलर थियो।