काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट थप ४० अर्ब रुपैयाँ तरलता (लगानी योग्य रकम) खिच्ने भएको छ।
नेपाल राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरण मार्फत खिच्न लागेको हो।
राष्ट्र बैंकले पैसा राख्नको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ।
यसअघि राष्ट्र बैंकले खिचेको १ खर्ब ४६ करोड रुपैयाँ परिपक्क हुन बाँकी नै छ।