BIZMANDU
www.bizmandu.com

दशरथ रंगशालामा जब नेपालले कीर्गिस्तानलाई हरायो … (तस्विरहरु)

२०८१ फागुन ५

दशरथ रंगशालामा जब नेपालले कीर्गिस्तानलाई हरायो … (तस्विरहरु)
दशरथ रंगशालामा जब नेपालले कीर्गिस्तानलाई हरायो … (तस्विरहरु)

नेपाली महिला फुटबल टोलीले कीर्गिस्तानलाई हराउँदै अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा सुखद सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजबाट सुरु भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १-० गोलअन्तरले हराएको हो।

Tata
GBIME

नेपालको जितमा विमला चौधरीले निर्णायक गोल गरिन्। सविता राना मगरको पासमा हेडरमार्फत उनले १० औँ मिनेटमा गरेको गोल नेपालको जितका लागि निर्णायक बन्यो।

घरेलु मैदानमा बलियो पकड बनाएको नेपालले पटकपटक आक्रमण गरे पनि धेरै अवसरहरु बनाएर पनि गोल थप्न सकेन।

प्रतियोगितामा नेपाल, कीर्गिस्तान, म्यानमार र लेबनान छन्।