BIZMANDU
www.bizmandu.com

बिपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापानसँग परराष्ट्रमन्त्री राणाको आग्रह, आयो यस्तो जवाफ

२०८१ फागुन ५

बिपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापानसँग परराष्ट्रमन्त्री राणाको आग्रह, आयो यस्तो जवाफ
बिपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापानसँग परराष्ट्रमन्त्री राणाको आग्रह, आयो यस्तो जवाफ


काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले असोजको बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापानसँग आग्रह गरेकी छन्।

Tata
GBIME
NLIC

आठौं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री राणाले सोमबार जापानका विदश राज्यमन्त्री मियाजी ताकुमासँगको भेटवार्तामा बिपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेकी हुन्।

यसअघि गत असोज अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालका लागि जापानी राजदूतसँग राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए। परराष्ट्रमन्त्री राणाले जापानी विदेश राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले गरेको आग्रहबारे पनि स्मरण गराएकी छन्।

जापानी राज्यमन्त्री मियाजीले भने अध्ययन गरेर निर्णय गर्ने जवाफ दिए। जापानको मुख ताकेर सरकारले बिपी राजमार्ग पुनर्निर्माणको प्रक्रिया नै अघि बढाएको छैन।

राणाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा जापानबाट प्रत्यक्ष उडानका लागि पनि आग्रह गरेको उनको सचिवालयले जनाएको छ।