BIZMANDU
www.bizmandu.com

ट्रायम्फको स्क्र्याम्ब्लर बाइक अब पर्ल ह्वाइट कलरमा पनि उपलब्ध, कति पर्छ मूल्य ?

२०८१ फागुन ५

ट्रायम्फको स्क्र्याम्ब्लर बाइक अब पर्ल ह्वाइट कलरमा पनि उपलब्ध, कति पर्छ मूल्य ?
ट्रायम्फको स्क्र्याम्ब्लर बाइक अब पर्ल ह्वाइट कलरमा पनि उपलब्ध, कति पर्छ मूल्य ?

काठमाडौं। ट्रायम्फको स्क्र्याम्ब्लर बाइक नयाँ कलरमा नेपाल भित्रिएको छ। कम्पनीले पर्ल ह्वाइट कलरको ट्रायम्फ स्क्र्याम्ब्लर केही दिन अगाडि शोरुममा ल्याएको हो।

Tata
GBIME
Nepal Life

ट्रायम्फ हालसालै मात्र नेपाली बजारमा इन्ट्री गरेको ब्राण्ड हो। कम्पनीले अहिले नेपालमा दुई वटा भेरियन्टका बाइकहरू बिक्री गर्दै आइरहेको छ।

ट्रायम्फको स्पिड ४०० र स्क्र्याम्ब्लर ४०० एक्स नेपालमा उपलब्ध छ। यो ब्रान्ड नेपाली बजारमा गत भदौमा भएको नाडा अटो शोबाट इन्ट्री गरेको थियो।

यो नयाँ कलर भएको बाइकमा पावरट्रेन र फिचरहरू भने केही परिवर्तन गरिएका छैनन्। कलर मात्रै पर्ल ह्वाइटमा आएको हो। कम्पनीले यस अगाडि ब्लाक र ग्रिन कलरमा उक्त बाइक नेपालमा ल्याएको थियो।

नयाँ पर्ल ह्वाइट स्क्र्याम्ब्लर ४०० एक्सको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ ताेकिएको छ।