काठमाडौं। साताको दोस्रो दिन सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा १२ सय रुपैयाँले बढेको छ भने चाँदीमा १५ रुपैयाँको बढोत्तरी भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ६८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।
साताको पहिलो दिन सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा आइपुगेको थियो।
चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रति तोला १ हजार ९ सय ७० रुपैयाँ भएको छ। आइतबार चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रति तोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस २९००.१४ डलरले कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस ३२.३८ डलर छ।