BIZMANDU
www.bizmandu.com

निक्षेप र कर्जा वृद्धिदर दुवै ओरालो, माघमा ऋणको माग घट्नुको कारण यस्तो

२०८१ फागुन ४

निक्षेप र कर्जा वृद्धिदर दुवै ओरालो, माघमा ऋणको माग घट्नुको कारण यस्तो
निक्षेप र कर्जा वृद्धिदर दुवै ओरालो, माघमा ऋणको माग घट्नुको कारण यस्तो


काठमाडौं। वाणिज्य बैंकहरुमा निक्षेप संकलन र कर्जा लगानी दुवै सुस्ताउन पुगेको छ। मंसिर र पुसमा कर्जा लगानी र निक्षेप संकलन बढेकामा माघमा पुन: सुस्ताएको हो।

Tata
GBIME
NLIC

माघमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाहको वृद्धिदर घटेको छ। कर्जा मंसिरमा ४२ अर्ब र पुसमा ९४ अर्ब प्रवाह भएकामा माघमा १२ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ।

यस्तै निक्षेप मंसिरमा ३३ अर्ब र पुसमा ५३ अर्बले बढेकोमा माघमा ९ अर्बभन्दा बढ्न नसकेको तथ्यांक छ। वाणिज्य बैंकहरुले माघसम्म कुल ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

माघमा १४ बैंकले कर्जा लगानी बढाउँदा ६ बैंकको खुम्चिएको छ। सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको कर्जा ४ अर्ब २२ करोड रुपैयाँले बढेको छ। पुस मसान्तमा बैंकको कुल कर्जा १ खर्ब ३९ अर्ब ५ करोड रहेकामा माघ मसान्तमा आइपुग्दा १ खर्ब ४३ अर्ब ७२ करोड रुपैयाँ पुगेकाे छ।

माघमा लक्ष्मी सनराइज बैंकले ३ अर्ब ५७ अर्ब, एभरेष्ट बैंकले ३ अर्ब ५१ करोड, हिमालयन बैंकले ३ अर्ब ४५ करोड, प्रभु बैंकले ३ अर्ब १३ करोड, एनएमबि बैंकले २ अर्ब ५९ करोड र नबिल बैंकले २ अर्ब ७२ करोड रुपैयाँ कर्जा बढाएका छन्।

सिद्धार्थ बैंकले सबैभन्दा थोरै २४ करोडले कर्जा बढाएको छ।

कर्जा खुम्चिनेमा एनआईसी एसिया, कुमारी, स्टान्डर्ड चाटर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबिआई र राष्ट्रिय वाणिज्य बैंक छन्।

एनआइसी एसिया बैंकको कर्जा सबैभन्दा धेरै ८ अर्ब ६८ करोड रुपैयाँले खुम्चिएको छ। त्यसैगरी, कुमारी बैंकको ३ अर्ब ७३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ९२ करोड, नेपाल एसबिआईको २ करोड र राष्ट्रिय वाणिज्य बैंकको ८१ करोड रुपैयाँले कर्जा खुम्चिएको छ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी प्रमुख अधिकृत (सीइओ) सुदेश खालिङले आयातका लागि जाने कर्जाको माग घटेकाले त्यसको असर देखिएको बताए।

‘मंसिर र पुसमा प्रशोधित तेलको ‍कच्चा पदार्थ आयातका लागि कर्जाको माग राम्रो थियो। सोयाको क्रुड आयलका लागि उच्च मात्रामा कच्चा प्रदार्थ आयात भएको थियो। त्यसले कर्जाको माग बढाएको थियो,’ उनले भने, ‘त्यसको पनि चक्र हुन्छ। आयात भइसकेपछि त्यसलाई निर्यात गरेपश्चात पछि अर्को आयातका लागि २/३ महिना लाग्छ। त्यसकारण कर्जामा कमी भएको छ।’

उनका अनुसार होटल र जलविद्युत क्षेत्रमा कर्जाको माग छ। तर अन्य क्षेत्रमा कर्जाको माग बढ्न नसकेको उनको भनाइ छ। ‘अहिलेको आर्थिक परिदृश्य हेर्दा तुरुन्तै माग बढेर कर्जा बढिहाल्ने अवस्था छैन,’ उनले भने।

वाणिज्य बैंकहरुको कर्जा लगानीको अवस्था

बैंक २०८१ माघसम्मको कर्जा
(रु. अर्बमा)
२०८१ पुससम्मको कर्जा
(रु. अर्बमा)
फरक
(रु. अर्बमा)
कृषि विकास२०७.१८२०६.९४०.२४
सिटिजन्स१६८.६८१६६.७१.९८
एभरेष्ट२२०.८२२१७.३१३.५१
ग्लोबल आइएमई४३१.३४४३०.५०.८४
हिमालयन२५०.८२२४७.३७३.४५
कुमारी३०१.५७३०५.३-३.७३
लक्ष्मी सनराइज२८१.६१२७८.०४३.५७
माछापुच्छ्रे१४३.७२१३९.५४.२२
नबिल४११.८३४०९.११२.७२
नेपाल२२४.२२२२२.८७१.३५
नेपाल इन्भेष्टमेन्ट मेगा३५१.५३५५.४२-३.९२
नेपाल एसबिआई१३९.४८१३९.५-०.०२
एनआईसी एसिया२५२.४५२६१.१३-८.६८
एनएमबि२३२.०७२२९.४८२.५९
प्रभु२३४.३३२३१.२३.१३
प्राइम कमर्सियल२१२.९२२११.७१.२२
राष्ट्रिय वाणिज्य२८३.५३२८४.३४-०.८१
सानिमा१७७.३४१७४.५२२.८२
सिद्धार्थ२१६.५७२१६.३५०.२२
स्टान्डर्ड चाटर्ड८५.८७८८.३४-२.४७
जम्मा४८२७.८५४८१५.६२१२.२३
स्रोत : बैंकर्स संघ

माघमा १० बैंकले निक्षेप बढाउँदा १० बैंकको भने खुम्चिएको छ। वाणिज्य बैंकहरुले माघसम्म संकलन गरेको निक्षेप रकम ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।

माघमा एनएमबि बैंकमा सबैभन्दा धेरै ११ अर्ब ६० करोड रुपैयाँ निक्षेप थपिएको छ। त्यसैगरी, नबिल बैंकमा १० अर्ब ४० करोड, एभरेष्ट बैंकमा ८ अर्ब ४० करोड र सानिमा बैंकमा ४ अर्ब २० करोड रुपैयाँ निक्षेप थपिएको छ।

निक्षेप खुम्चिनेमा एनआईसी एसिया, नेपाल एसबिआई, स्टान्डर्ड चाटर्ड, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, प्रभु, नेपाल, कुमारी, हिमालयन र ग्लोबल आइएमइ बैंक छन्। एनआईसी एसिया बैंकको निक्षेप सबैभन्दा धेरै ११ अर्ब ६० करोड रुपैयाँले खुम्चिएको छ।

नेपाल बैंकका सीइओ तिलकराज पाण्डेयले निक्षेपको वृद्धि घट्दै जानुलाई यसको चक्र पूरा भएको संकेतका रुपमा लिएका छन्।

‘विगतको निक्षेपको साइलक हेर्दा अब निक्षेप बढ्ने क्रम अन्त्य भएको देखिन्छ। अब निक्षेप बढ्ने देखिंदैन,’ उनले भने, ‘विगतमा निक्षेप रिभर्स हुँदा कर्जा बढ्ने अवस्था हुन्थ्यो। अहिले निक्षेप बढ्न नसेकेको बेलामा कर्जा पनि बढ्न सकेन भने सन्तुलित नै रहन्छ।’

वाणिज्य बैंकहरुको निक्षेप संकलनको अवस्था

बैंक २०८१ माघसम्मको निक्षेप
(रु. अर्बमा)
२०८१ पुससम्मको निक्षेप
(रु. अर्बमा)
फरक
(रु. अर्बमा)
कृषि विकास२५६.७८२५१.६२५.२
सिटिजन्स२००.९८१९७.६२३.४
एभरेष्ट२६१.०१२५२.५८८.४
ग्लोबल आइएमई५२९.२५३४.०७-४.९
हिमालयन३००.७२३०४.५४-३.८
कुमारी३६१.८७३६६.६४-४.८
लक्ष्मी सनराइज३४७.२२३४५.२१२.०१
माछापुच्छ्रे१६८.३५१६७.१८१.२
नबिल४९९.५४४८९.१३१०.४
नेपाल३०४.२९३०७.८३-३.५
नेपाल इन्भेष्टमेन्ट मेगा४४७.६७४४५.१४२.५
नेपाल एसबिआई१८२.३४१८९.१७-६.८
एनआईसी एसिया३०२.३२३१३.९१-११.६
एनएमबि२६१.०३२४९.४१११.६
प्रभु३०९.१६३०९.७३-०.६
प्राइम कमर्सियल२३८.८१२३५.७४३.१
राष्ट्रिय वाणिज्य४४४.३७४४६.८२-२.४
सानिमा२१३.६२०९.४२४.२
सिद्धार्थ२४३.३२४७.१३-३.८
स्टान्डर्ड चाटर्ड१२४.४९१२४.८८-०.४
जम्मा५९९७.०५५९८७.७७९.३
स्रोत : नेपाल बैंकर्स संघ