BIZMANDU
www.bizmandu.com

महिन्द्राका नयाँ इभी भारतमा एकैदिन ३० हजारभन्दा धेरै बुकिङ, नेपालमा पनि ल्याउँला तरंग ?

२०८१ फागुन ४

महिन्द्राका नयाँ इभी भारतमा एकैदिन ३० हजारभन्दा धेरै बुकिङ, नेपालमा पनि ल्याउँला तरंग ?
महिन्द्राका नयाँ इभी भारतमा एकैदिन ३० हजारभन्दा धेरै बुकिङ, नेपालमा पनि ल्याउँला तरंग ?


काठमाडौं। भारतीय गाडी उत्पादक कम्पनी महिन्द्राको एकैदिन ३० हजारभन्दा धेरै नयाँ इभी एसयूभी बुकिङ भएका छन्।

Tata
GBIME
NLIC

कम्पनीले गत शुक्रबार नयाँ इभी बीई ६ र एक्सइभी ९ ईको बुकिङ खोलेकामा एकैदिनमा ३० हजार १७९ युनिट बुकिङ भएका हुन्।

कम्पनीका अनुसार बुकिङ भएका गाडीमा एक्सइभी ९ ईको हिस्सा ५६ प्रतिशत छ। बुकिङ भएका गाडी भारु ८ हजार ४७२ करोड बराबरका हुन्।

बुकिङ संख्याले महिन्द्राको इभीलाई ग्राहकले रुचाएको देखिन्छ। बुकिङ भएका गाडी दुई सातापछि डेलिभरी गर्न थाल्ने कम्पनीले जनाएको छ।