BIZMANDU
www.bizmandu.com

व्यवसायीले उत्पादन नघटे पनि बढाए कुखुराको मासुको मूल्य, उपभोक्ता मूल्य कति पुग्यो ?

२०८१ फागुन २

व्यवसायीले उत्पादन नघटे पनि बढाए कुखुराको मासुको मूल्य, उपभोक्ता मूल्य कति पुग्यो ?
व्यवसायीले उत्पादन नघटे पनि बढाए कुखुराको मासुको मूल्य, उपभोक्ता मूल्य कति पुग्यो ?


काठमाडौं। फागुन महिना लागेपछि व्यवसायीले कुखुराको मासुको मूल्य बढाएका छन्। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारदेखि लागू हुने गरी जिउँदो कुखुराको भाउ केजीमा १० रुपैयाँ बढाएको छ।

Tata
GBIME
NLIC

जिउँदो कुखुराको भाउ अब प्रति केजी २४० रुपैयाँ पुगेको छ। संघका अध्यक्ष जंगबहादुर बीसीले खपत बढ्ने मौसम भएकाले भाउ बढाएको बताए। ‘अहिले उत्पादन घटेको छैन। खपत बढ्ने समय भएकाले भाउ बढाएका हौं,’ उनले भने।

जिउँदो कुखुराको मूल्य बढेपछि मासुको भाउ प्रति किलो १५ रुपैयाँ बढेको छ। व्यापारीले उपभोक्तासँग मासुको मूल्य प्रति किलो ३३० रुपैयाँ लिन थालेका छन्।

बीसीका अनुसार स्वास्थानी व्रतको समयले गर्दा माघ महिनामा मासुको खपत २० प्रतिशत कम भएको थियो।