BIZMANDU
www.bizmandu.com

टाटाले भारतमा २ वर्षभित्र ४ लाख चार्जिङ पोइन्ट निर्माण गर्ने, ३० हजार सर्वसाधारणका लागि

२०८१ फागुन २

टाटाले भारतमा २ वर्षभित्र ४ लाख चार्जिङ पोइन्ट निर्माण गर्ने, ३० हजार सर्वसाधारणका लागि
टाटाले भारतमा २ वर्षभित्र ४ लाख चार्जिङ पोइन्ट निर्माण गर्ने, ३० हजार सर्वसाधारणका लागि


काठमाडौं। टाटा मोटर्सले भारतमा आगमी २ वर्षभित्र विद्युतीय गाडीका लागि आवश्यक पर्ने ४ लाख युनिट चार्जिङ पोइन्ट स्थापना गर्ने योजना बनाएको छ। कम्पनीले ओपन कोल्याबोरेसन २.० फ्रेमवर्कका लागि उक्त चार्जिङ पोइन्टहरू निर्माण गर्न लागेको हो।

Tata
GBIME
NLIC

अहिले कम्पनीले यसको आधा चार्जिङ पोइन्टहरू संचालनमा ल्याएको छ। कम्पनीले यसलाई मेघा चार्जिङ नेटवर्कको नाम दिएको छ।

यसका लागि चार्जिङ पोइन्ट अपरेटर्ससँग सहकार्य गरेको छ। जसले सुपर फाष्ट चार्जिङ निर्माणमा सहयोग गर्नेछन्। 

यसमा ३० हजार चार्जिङ पोइन्ट सबै सर्वसाधारणका लागि हुनेछ। अन्य भने टाटाका लागि हुनेछ। यी सबै चार्जिङ पोइन्ट एपबाट संचालित हुने बताइएको छ।

नेपालमा पनि टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले सबैभन्दा ठूलो चार्जिङ नेटवर्कसहित इभीका लागि इकोसिस्टम तयार पारेको छ। जसमा ३० भन्दा धेरै डीसी फाष्ट चार्जिङ र २०० भन्दा धेरै एसी फाष्ट चार्जिङ नेटवर्क विस्तार भइसकेको छ।