BIZMANDU
www.bizmandu.com

एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, ग्राहकलाई न्यूम्यू सनग्लास जित्ने मौका

२०८१ फागुन १

एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, ग्राहकलाई न्यूम्यू सनग्लास जित्ने मौका
एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, ग्राहकलाई न्यूम्यू सनग्लास जित्ने मौका


काठमाडौं। भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको अवसरमा एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ।

Tata
GBIME
NLIC

एनसेलले ग्राहकहरूले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्ने तथा २५ जनाले न्यूम्यूको सनग्लास जित्ने अफर ल्याएको हो। यो फ्ल्यास सेल अफर एनसेल एपमा मात्र उपलब्ध छ।

अफरअन्तर्गत भ्यालेन्टाइन डेका दिन एनसेल एपमा फ्ल्यास सेलमा रहेका डेटा प्याक खरिद गर्ने प्रत्येक ग्राहकले प्याकअनुसार १ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा र ५० मिनेट अन–नेट टक टाइम प्राप्त गर्नेछन्।

साथै फ्ल्यास सेल प्याक खरिद गर्ने सबै ग्राहकले फागुन २४ सम्म न्यूम्यू उत्पादनमा २० प्रतिशत छुट पाउने एनसेलले जनाएको छ।

अफरको दिन अर्थात् फेब्रुअरी १४ मा ग्राहकहरूले एनसेल एपको फ्ल्यास सेलमा गई आठमध्ये आफ्नो डेटा आवश्यकताअनुसार कुनै पनि प्याक खरिद गर्न सक्छन्।

एनसेलका अनुसार सूचीमा १ दिन समयावधिको ५० को अनलिमिटेड डेटादेखि ३० दिन समयसीमा रहेको १,४९९ सम्मका प्याक छन्।