BIZMANDU
www.bizmandu.com

उद्योगमन्त्रीको प्रतिवद्धतापछि १५ दिनलाई टर्‍यो ग्यास उद्योगीको हड्ताल, विज्ञ समितिको प्रतिवेदन अस्वीकार

२०८१ माघ ३०

उद्योगमन्त्रीको प्रतिवद्धतापछि १५ दिनलाई टर्‍यो ग्यास उद्योगीको हड्ताल, विज्ञ समितिको प्रतिवेदन अस्वीकार
उद्योगमन्त्रीको प्रतिवद्धतापछि १५ दिनलाई टर्‍यो ग्यास उद्योगीको हड्ताल, विज्ञ समितिको प्रतिवेदन अस्वीकार


काठमाडौं। कमिसन, ढुवानी र प्राविधिक खर्च वृद्धिको माग राख्दै ग्यास उद्योगीले घोषणा गरेको हड्ताल १५ दिनलाई स्थगित भएको छ।

Tata
GBIME
NLIC

उद्योगमन्त्री दामोदर भण्डारीले उद्योगीको माग संबोधन गर्ने प्रतिवद्धता जनाएपछि हड्ताल स्थगित गरेको संघका पूर्व अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए।

‘उद्योगमन्त्रीज्यूको अध्यक्षतामा भएको छलफलमा हाम्रो माग संबोधन गर्ने प्रतिवद्धतापछि आन्दोलन स्थगित गरेका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘हाम्रो माग संबोधनका लागि केही गृहकार्य आवश्यक रहेको मन्त्रीज्यूबाट भनाई आएपछि हड्ताल स्थगित गरिएको हो।’

संघको अगुवाईंमा माग पूरा गर्न बुधबारदेखि ग्यास खरिद आदेश(पीडीओ) नउठाउने भन्दै विभिन्न चरणको हड्तालको घोषणा भएको थियो।

उद्योगीको घोषणासँगै बजारमा ग्यासको माग अस्वभाविक रुपमा बढेको छ। हड्ताल स्थगनपछि पूर्ववत रुपमा ग्यासको आपूर्ति हुनेछ। उपभोक्ताले अनावश्यक रुपमा ग्यास स्टक गर्नुपर्दैन्।

मन्त्रालय स्रोतका अनुसार उद्योगीको माग र त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका विज्ञ राखेर बनाइएको अध्ययन समितिको प्रतिवेदनका बारेमा पनि छलफल भएको थियो।

त्यो छलफलमा उद्योगीले विश्वविद्यालयको विज्ञ राखेर बनाइएको प्रतिवेदनले आफ्नो माग संबोधन नगर्ने भन्दै अस्वीकार गरेका छन्। ‘त्यो प्रतिवेदनको कुनै तुक छैन। पाँच वर्षको अवधिमा के कति खर्च बढे ? त्यसको अध्ययनका लागि राष्ट्र बैंककै मूल्यवृद्धिको तथ्यांक हेरे पुग्छ,’ भण्डारीले भने, ‘पाँच वर्षमा बढेको खर्चको अनुमान नगरी हावादारी रुपमा दिएको सुझाब हामी मान्न तयार छैनौं।’

उद्योगीले प्रतिवेदनको सुझाब अस्वीकार गरेपछि मन्त्री भण्डारीले निगम, मन्त्रालय र उद्योगीबीचको छलफलपछि माग संबोधन गर्ने आश्वासन दिएका छन्। ‘उद्योगी र उपभोक्ता दुबैलाई मर्का नपर्नेगरी समस्या समाधान गर्न तयार छौं। त्यसैका लागि पनि केही समय चाहिएको हो,’ मन्त्री भण्डारीको भनाई उद्धृत गर्दै एक उद्योगीले भने।

मन्त्रालयलाई पेश भइसकेको दुई विश्वविद्यालयका विज्ञसहितको टोलीले सिलिण्डरमा १२ रुपैयाँ मात्रै बढाउनुपर्ने सुझाब दिएका छन्। तर, उद्योगीले सुरुमा सिलिण्डरमा १४४ रुपैयाँबाट सुरु गरेर अहिले ५० रुपैयाँमा अडिग रहेका छन्।