BIZMANDU
www.bizmandu.com

सुनको मूल्य प्रति तोला २ हजार ७ सय रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट

२०८१ माघ ३०

सुनको मूल्य प्रति तोला २ हजार ७ सय रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
सुनको मूल्य प्रति तोला २ हजार ७ सय रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट


काठमाडौं। लगातार उकालो लागेको सुनको मूल्य बढ्न ब्रेक लागेको छ। अघिल्लो दिनको भन्दा बुधबार तोलामा २ हजार ७ सय रुपैयाँले घटेको छ।

Tata
GBIME
NLIC

सुनको कारोबार मूल्य प्रति तोला १ लाख ६७ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबारका तुलनामा ६ सय रुपैयाँ बढ्दा मंगलबार प्रति तोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ। बुधबार कारोबार मूल्य प्रति तोला १ हजार ९ सय ३० रुपैयाँ भएको छ। मंगलबार तोलाको १ हजार ९ सय ४५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य घटेर प्रति औंस २८८६.२६ डलरमा आइपुगेको छ। चाँदी प्रति औंस ३१.८ डलर छ। मंगलबार सुन प्रति औंस २९१५.५१ डलर र चाँदी प्रति औंस ३१.८७ डलरले कारोबार भएको थियो।