BIZMANDU
www.bizmandu.com

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई २१ करोड ८७ लाख रुपैयाँ बाँड्ने

२०८१ माघ ३०

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई २१ करोड ८७ लाख रुपैयाँ बाँड्ने
हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई २१ करोड ८७ लाख रुपैयाँ बाँड्ने

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट २१ करोड ८७ लाख ६३ हजार रुपैयाँ लाभांश दिने निर्णय गरेको छ।

Tata
GBIME

इन्स्योरेन्सको सञ्चालक समितिको मंगलबार बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ८.७५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सको चुक्ता पुँजी हाल २ अर्ब ५० करोड रुपैयाँ छ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले लाभांश पाउनेछन्।