BIZMANDU
www.bizmandu.com

फागुनका लागि अधिकांश बैंकले यथावत राखे मुद्दतीको ब्याजदर, कुन बैंकको कति?

२०८१ माघ ३०

फागुनका लागि अधिकांश बैंकले यथावत राखे मुद्दतीको ब्याजदर, कुन बैंकको कति?
फागुनका लागि अधिकांश बैंकले यथावत राखे मुद्दतीको ब्याजदर, कुन बैंकको कति?


काठमाडौं। अधिकांश वाणिज्य बैंकहरूले फागुन महिनाका लागि मुद्दतीको ब्याजदर यथावत राखेका छन्। माघ महिनाको तुलनामा फागुन १ गतेदेखि लागू हुने ब्याजदर यथावत राखिएको हो।

Tata
GBIME
NLIC

फागुनका लागि १९ वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको अधिकतम ब्याजदर यथावत राखेका छन्। ग्लोबल आइएमई बैंकले भने ब्याजदर बढाएको छ। ग्लोबल आइएमईले ५.७५ प्रतिशतबाट ६ प्रतिशत पुर्‍याएको छ।

फागुनका लागि एनआईसी एसिया बैंकको ब्याजदर सबैभन्दा धेरै ६.६ प्रतिशत छ भने कम कृषि विकास बैंकको छ। कृषि विकास बैंकले फागुनका लागि ५.५१ प्रतिशत ब्याजदर कायम गरेको छ।

आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग नभएपछि गत वर्षको असाजदेखि नै बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन्।

कुन बैंकको ब्याजदर कति ?

बैंकमंसिरपुसमाघफागुन
नबिल५.७५५.७५५.७५५.७५
नेपाल इन्भेष्टमेन्ट मेगा६.५६.५६.५६.५
माछापुच्छ्रे
हिमालयन६.२५६.२५६.२५६.२५
नेपाल एसबिआई५.५५.५
एभरेष्ट
एनआईसी एसिया६.७९६.६६.६६.६
स्ट्यान्डर्ड चार्टर्ड६.२५६.२५६.२५६.२५
लक्ष्मी सनराइज५.७५५.७५५.७५५.७५
कुमारी५.९१५.९१५.९१५.९१
सिद्धार्थ
सानिमा६.१५६.०५६.०५६.०५
एनएमबि५.७५६.६६.६६.६
प्रभु६.१६.१६.१६.१
ग्लोबल आइएमई५.७५५.७५५.७५
सिटिजन५.६५५.६५५.६५५.६५
प्राइम कमर्सियल५.७५६.२५६.२५६.२५
कृषि विकास५.५३५.५७५.५१५.५१
नेपाल बैंक५.९५५.६५.६५.६
राष्ट्रिय वाणिज्य बैंक
स्रोत: बैंक तथा वित्तीय संस्थाहरुको सार्वजनिक गरेको विवरण