BIZMANDU
www.bizmandu.com

सोल्टी होटलको नाफा १४.६८ प्रतिशतले वृद्धि, ६ महिनामा कमायो ३० करोड १७ लाख

२०८१ माघ ३०

सोल्टी होटलको नाफा १४.६८ प्रतिशतले वृद्धि, ६ महिनामा कमायो ३० करोड १७ लाख
सोल्टी होटलको नाफा १४.६८ प्रतिशतले वृद्धि, ६ महिनामा कमायो ३० करोड १७ लाख

काठमाडौं। सोल्टी होटलले चालु आर्थिक वर्ष ६ महिनामा ३० करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीले ६ महिनामा आर्जन गरेको मुनाफा पोहोर पुससम्मको तुलनामा १४.६८ प्रतिशत बढी हो।

Tata
GBIME

होटलले गत वर्ष पुसम्म २६ करोड ३१ लाख रुपैयाँ मुनाफा कमाएको थियो। कम्पनीको आम्दानी १६.०६ प्रतिशतले बढेको छ। वित्तीय लागत २५.२८ प्रतिशतले घटेको छ।

आम्दानी बढ्दा र वित्तीय लागत घट्दा मुनाफामा सुधार आएको हो।

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी(रु हजारमा)९२८९५४८८४७१५
रिजर्भ(रु हजारमा)१४९०२६७१४८४८१४०.३७
लगानी (रु हजारमा)२८१२७६२७५४८८२.१
सञ्चालन आम्दानी(रु हजारमा)१२१९५७६१०५०८२३१६.०६
कुल खर्च(रु हजारमा)८४८८४४७३२८५९१५.८३
वित्तीय लागत(रु हजारमा)२६६३५६-२५.२८
खुद नाफा(रु हजारमा)३०१७४२२६३११७१४.६८
प्रति सेयर आम्दानी (रुपैयाँ)३.२५२.९७
प्रति सेयर नेटवर्थ (रुपैयाँ)२६.०४२६.७२