BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री ओलीसँग संसद्‍मा फागुन ४ गते प्रश्नोत्तर, सांसदहरुले ३० गतेसम्म प्रश्न बुझाउनुपर्ने

२०८१ माघ २९

प्रधानमन्त्री ओलीसँग संसद्‍मा फागुन ४ गते प्रश्नोत्तर, सांसदहरुले ३० गतेसम्म प्रश्न बुझाउनुपर्ने
प्रधानमन्त्री ओलीसँग संसद्‍मा फागुन ४ गते प्रश्नोत्तर, सांसदहरुले ३० गतेसम्म प्रश्न बुझाउनुपर्ने


काठमाडौं। प्रतिनिधि सभामा प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर फागुन ४ गतेका लागि तय गरिएको छ। सभामुख देवराज घिमिरेले फागुन ४ गतेका लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय गरेका हुन्।

Tata
GBIME
NLIC

प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्न चाहने सांसदहरुले माघ ३० गते अपराह्न ४ बजेभित्र संसद् सचिवालयमा प्रश्न लिखितरुपमा बुझाउनुपर्नेछ।

संसद् सचिवालयले यसअघि गरेको विभाजन अनुसार समूह ८ मा रहेका सांसदले मात्र प्रश्न सोध्न पाउनेछन्।

सभामुख घिमिरेले संसद् बैठक नरहेका बेला विषयगत समितिको बैठक राख्न सभापतिहरुको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठक फागुन ४ गते बस्ने गरी स्थगित गरिएको छ।