BIZMANDU
www.bizmandu.com

ओपनएआई किन्ने मस्कको प्रस्तावमा अल्टम्यानको जवाफ : धन्यवाद, बरु ट्वीटर नै किन्छौं

२०८१ माघ २९

ओपनएआई किन्ने मस्कको प्रस्तावमा अल्टम्यानको जवाफ : धन्यवाद, बरु ट्वीटर नै किन्छौं
ओपनएआई किन्ने मस्कको प्रस्तावमा अल्टम्यानको जवाफ : धन्यवाद, बरु ट्वीटर नै किन्छौं


धनाढ्य इलन मस्कले ओपनएआई खरिद गर्ने प्रस्ताव गरेका छन्। तर, उनको सो प्रस्तावलाई ओपनएआईले अस्वीकार गरेको छ।

Tata
GBIME
NLIC

मस्क नेतृत्वको समूहले ९७.४ बिलियन अमेरिकी डलर (१३६ खर्ब रुपैयाँ भन्दा बढी) मा च्याट जीपीटी निर्माण गरेको कम्पनी खरिद गर्ने प्रस्ताव गरेको थियो।

तर ओपनएआईका सीइओ साम अल्टम्यानले भने ‘एक्स’ बाट मस्कलाई धन्यवाद दिँदै प्रस्ताव अस्वीकार गरेका छन्।

उनले उल्टै ‘ट्वीटर’ ९.७४ बिलियन (साढे १३ खर्ब भन्दा बढी) मा खरिद गर्न तयार रहेको प्रतिक्रिया दिए।

साम अल्टम्यान र इलन मस्क यसअघि पनि विभिन्न विषयमा भिड्दै आएका छन्। मस्कले ओपनएआईको आलोचना गर्दै आइरहेका छन्।

सन् २०१५ मा मस्क र अल्टम्यानले मिलेर ओपनएआई खोलेका थिए। तर, कम्पनीले गति लिन अघि नै मस्कले सो भेन्चरबाट हात झिकेका थिए। त्यसपछि मस्कले सन् २०२३ मा एक्सएआई खोलेका थिए।

मस्कले ओपनएआईविरुद्ध अदालतमा मुद्दासमेत हालेका छन्। मस्कले ओपनएआई र अल्टम्यानले पहिला लगानीका लागि आफूलाई प्रस्ताव गरेको बताएका छन्। सुरुमा मानव जातिलाई सहयोग पुग्ने हेतुले कम्पनी खोल्ने भनिए पनि हाल ओपनएआई पैसामुखी भएको मस्कको आरोप छ।

यो डिल मस्कको एआई कम्पनी एक्सएआईबाट गरिएको हो। प्रस्तावित डिल सफल भए मस्क आफ्नो कम्पनीसँग ओपनएआईलाई गाभ्न चाहन्छन्।

गत अक्टोबरमा भएको फन्डिङ राउन्डमा ओपनएआईको मूल्य १५७ बिलियन अमेरिकी डलर (करिब २२० खर्ब रुपैयाँ) थियो।