काठमाडौं। सुनको मूल्य लगातार बढ्दै तोलाको १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन अघिल्लो दिनका तुलनामा तोलामा ६ सय रुपैयाँ बढेको हो।
सोमबार पनि तोलामा १ हजार ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने मंगलबार घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँ घट्दै प्रति तोला १ हजार ९ सय ४५ रुपैयाँमा आइपुगेको छ। अघिल्लो दिनका तुलनामा १५ रुपैयाँ बढ्दा सोमबार प्रति तोला १ हजार ९ सय ७५ रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस २९१५.५१ डलर पुगेको छ। चाँदी प्रति औंस ३१.८७ डलरमा करोबार भइरहेको छ।