BIZMANDU
www.bizmandu.com

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता थपियो ?

२०८१ माघ २८

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता थपियो ?
नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता थपियो ?


काठमाडौं। नेप्सेमा ३ कम्पनीको बोनस सेेयर सूचीकृत भएको छ। सोल्टी होटल, मन्दाकिनी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको बोनस सेयर थपिएको हो।

Tata
GBIME
NLIC

सोल्टी होटलले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र २६.८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

मन्दाकिनी हाइड्रोपावरको ३ लाख ७ हजार ९८४.३३ कित्ता सेयर थपिएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ६ लाख ११ हजार ६०५.८५ कित्ता बोनस सेयर थपिएको छ। कम्पनीले पोहोरको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिएको थियो।