साइपालमा एभरेष्ट बैंकले शाखा विस्तार गरेसँगै देशका ७५३ वटै स्थानीय तहमा पुग्यो बैंकिङ पहुँच
२०८१ माघ २८
साइपालमा एभरेष्ट बैंकले शाखा विस्तार गरेसँगै देशका ७५३ वटै स्थानीय तहमा पुग्यो बैंकिङ पहुँच
काठमाडौं। देशका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार भएको छ। बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडको शाखा विस्तार भएसँगै देशका सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा उद्घाटन गरेका छन्।