BIZMANDU
www.bizmandu.com

सेयर बजार बढेन, नेप्से १०.९८ अंकले घटेर २६७७.३२ विन्दुमा, ६ अर्ब ९६ करोडको कारोबार

२०८१ माघ २८

सेयर बजार बढेन, नेप्से १०.९८ अंकले घटेर २६७७.३२ विन्दुमा, ६ अर्ब ९६ करोडको कारोबार
सेयर बजार बढेन, नेप्से १०.९८ अंकले घटेर २६७७.३२ विन्दुमा, ६ अर्ब ९६ करोडको कारोबार

काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। सोमबार नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ विन्दुमा झरेको छ।

Tata
GBIME

कारोबारमा आएका ट्रेडिङ र अन्य बाहेकका उपसमूहले बजार घटाएका हुन्। उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको सूचक सर्वाधिक २.०७ प्रतिशतले घटेको छ।

सेयरमूल्य घट्दा १६१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

७७ कम्पनीको सेयरमूल्य बढेको छ। ङादी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

६ अर्ब ९६ करोड रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक नेपाल रिपब्लिक मिडियाको २४ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

त्यस्तै, सीएचडीसी १५ करोड ३८ लाख, सप्तकोसी डेभलपमेन्ट १४ करोड ४३ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १४ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।