BIZMANDU
www.bizmandu.com

सडक सुरक्षालाई प्रोत्साहन गर्न जनकपुरदेखि सिन्धुलीसम्म पुगे रोयल इनफिल्ड राइडरहरू

२०८१ माघ २८

सडक सुरक्षालाई प्रोत्साहन गर्न जनकपुरदेखि सिन्धुलीसम्म पुगे रोयल इनफिल्ड राइडरहरू
सडक सुरक्षालाई प्रोत्साहन गर्न जनकपुरदेखि सिन्धुलीसम्म पुगे रोयल इनफिल्ड राइडरहरू


काठमाडौं। सडक सुरक्षा प्रोत्साहन गर्न ‘रोयल इनफिल्ड महा राइड’को आयोजना गरिएको छ। जनकपुरस्थित शोरुमदेखि सिन्धुलीसम्मको राइडमा ६१ जना रोयल इनफिल्ड राइडरहरू सहभागी रहेको अल्फा अटोमोटिभ प्रालिका ब्राण्ड तथा बजार प्रबन्धक बिश्रान्त कोइरालाले जानकारी दिए।

Tata
GBIME
NLIC

राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवर्धन, अनुशासित राइड, भ्रातृत्व विकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउनु रहेको कोइरालाले बताए।

यसको औपचारिक उद्घाटन मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादवले गरेका थिए। साथै कार्यक्रमको झण्डोत्तोलन अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेल, नेसनल कार्ट हेड दीपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काले गरेको उनले जनाए।

रोड क्याप्टेन विमल श्रेष्ठको नेतृत्वमा राइडरहरूले अनुशासित रुपमा यात्रा गरेको कोइरालाको भनाइ छ।