BIZMANDU
www.bizmandu.com

एनएमबि हाइब्रिड फण्ड एल-२ को इकाईमा आवेदन दिने म्याद फागुन ८ सम्म थपियो

२०८१ माघ २८

एनएमबि हाइब्रिड फण्ड एल-२ को इकाईमा आवेदन दिने म्याद फागुन ८ सम्म थपियो
एनएमबि हाइब्रिड फण्ड एल-२ को इकाईमा आवेदन दिने म्याद फागुन ८ सम्म थपियो

काठमाडौं। म्युचुअल फण्ड एनमएबि हाइब्रिड फण्ड एल-२ ले सार्वजनिक निष्कासन अवधि थपेको छ। योजना व्यवस्थापक एनएमबि क्यापिटलले फागुन ८ गतेसम्म आवेदन खुला रहने जनाएको छ।

Tata
GBIME

क्यापिटलले माघ २४ देखि इकाई बिक्री खुलाएकामा छिटोमा माघ २८ गतेसम्म निष्कासन बन्द हुने अवधि तोकेको थियो। तर, तोकिएको अवधिमा माग अनुसार आवेदन नपरेपछि म्याद थपिएको हो।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा राखेको छ। एनएमबि हाइब्रिड फण्ड एल-२ दश वर्षे बन्दमुखी योजना हो।

फण्डले १४ प्रतिशतले हुन आउने १ करोड ६८ लाख इकाई कोष प्रबर्धक एनएमबि बैंक र १ प्रतिशतले हुन आउने १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित राखेको छ। बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० देखि १ करोड २० लाख इकाईमा आवेदन दिन सक्नेछन्।