BIZMANDU
www.bizmandu.com

स्वरोजगार लघुवित्तको खुद नाफा १२४.६१ प्रतिशतले बढ्यो, प्रतिफल क्षमता कति?

२०८१ माघ २८

स्वरोजगार लघुवित्तको खुद नाफा १२४.६१ प्रतिशतले बढ्यो, प्रतिफल क्षमता कति?
स्वरोजगार लघुवित्तको खुद नाफा १२४.६१ प्रतिशतले बढ्यो, प्रतिफल क्षमता कति?

काठमाडौं। स्वरोजगार लघुवित्तले नाफा बढाएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तको नाफा १२४.६१ प्रतिशतले बढेको हो।

Tata
GBIME

पुस मसान्तसम्म लघुवित्तले ८ करोड ८० लाख १ हजार खुद नाफा गरेको छ। पोहोर ६ महिनामा लघुवित्तको नाफा ३ करोड ९१ लाख ७८ हजार रुपैयाँ थियो।

ब्याज आम्दानीसहित संचालन आम्दानी बढाउदा लघुवित्तको नाफा बढेको हो। साथै, लघुवित्त खराब कर्जा घटाउन सफल भएको छ। पोहोर ६ महिनामा ५.८९ प्रतिशत रहेको खराब कर्जा घटेर अहिले ५.०४ प्रतिशतमा झरेको छ।

खराब कर्जा वापत छुट्याउने प्रोभिजनिङ भने बढेको छ। पुस मसान्तसम्म लघुवित्तले ३ करोड ४६ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। पोहोर ६ महिनामा लघुवित्तले २ करोड ८७ लाख प्रोभिजनिङ गरेको थियो।

लघुवित्तको ब्याज आम्दानी ६५.२१ प्रतिशतले बढेर २७ करोड ५१ लाख पुगेको छ। लघुवित्तको प्रति सेयर आम्दानी ३६.२३ रुपैयाँ र नेटवर्थ १६४ रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्म लघुवित्तको वितरणयोग्य नाफा १६ करोड २१ लाख रुपैयाँ पुगेको छ।