BIZMANDU
www.bizmandu.com

नेसनल लघुवित्तले १०६.६१ प्रतिशतले बढायो खुद नाफा, खराब कर्जामा पनि सुधार

२०८१ माघ २८

नेसनल लघुवित्तले १०६.६१ प्रतिशतले बढायो खुद नाफा, खराब कर्जामा पनि सुधार
नेसनल लघुवित्तले १०६.६१ प्रतिशतले बढायो खुद नाफा, खराब कर्जामा पनि सुधार

काठमाडौं। नेसनल लघुवित्तले खुद नाफा बढाएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा १०६.६१ प्रतिशतले बढेको हो।

Tata
GBIME

पुस मसान्तसम्म लघुवित्तले २१ करोड ५२ लाख ९१ हजार खुद नाफा गरेको छ। पोहोर सोही अवधिमा लघुवित्तको नाफा १० करोड ४१ लाख ९९ हजार रुपैयाँ थियो।

ब्याज आम्दानीसहित कम्पनीको लागत घट्दा नाफा बढेको हो। साथै, लघुवित्त खराब कर्जा घटाउन पनि सफल भएको छ। पोहोर ६ महिनामा ३.७४ प्रतिशत रहेको खराब कर्जा घटेर अहिले ३.०४ प्रतिशतमा झरेको छ।

पुस मसान्तसम्म लघुवित्तले १० करोड ११ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। पोहोर ६ महिनामा लघुवित्तले ३ लाख ९० हजार प्रोभिजनिङ गरेको थियो।

लघुवित्तको ब्याज आम्दानी ८७.९५ प्रतिशतले बढेर ६६ करोड ३८ लाख पुगेको छ। लघुवित्तको प्रति सेयर आम्दानी ३२.३४ रुपैयाँ र नेटवर्थ २१९.६९ रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्म लघुवित्तको वितरणयोग्य नाफा २४ करोड १५ लाख रुपैयाँ पुगेको छ।