BIZMANDU
www.bizmandu.com

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा प्रमुख कार्यकारी अधिकृत माग, दरखास्त खुल्यो

२०८१ माघ २८

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा प्रमुख कार्यकारी अधिकृत माग, दरखास्त खुल्यो
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा प्रमुख कार्यकारी अधिकृत माग, दरखास्त खुल्यो

काठमाडौं। प्रसारण लाइन विस्तार र सञ्चालनका लागि गठित कम्पनी राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदपूर्तिका लागि दरखास्त खुलाएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौंको बुद्धनगरस्थित बीपीसी भवनमा कार्यालय रहेको कम्पनीले न्यूनतम योग्यता पुगेका र अनुभवी उम्मेदवारबाट सोमबारका मितिले १५ दिनभित्र दरखास्त माग गरेको हो। दरखास्त दिनेले नागरिकताको प्रतिलिपि, बायोडाटा, शैक्षिक योग्यताका प्रतिलिपिसँगै अनुभवसम्बन्धी कागजात बुझाउनु पर्छ।

साथमा प्रमुख कार्यकारी अधिकृतको कार्यादेश बमोजिम बिजनेस प्लान पनि बुझाउनु पर्छ। दरखास्त दिँदा उमेर ३५ पुरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने नियमावलीमा छ।

दरखास्त दिन शैक्षिक योग्यताको हकमा इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर गरेको, सोही क्षेत्रमा कम्तीमा ८ वर्षको अनुभवी हुनुपर्छ।