BIZMANDU
www.bizmandu.com

सेयर बजारमा गिरावट, ११.४९ अंकले घटेको बजारमा ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार

२०८१ माघ २७

सेयर बजारमा गिरावट, ११.४९ अंकले घटेको बजारमा  ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार
सेयर बजारमा गिरावट, ११.४९ अंकले घटेको बजारमा ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार


काठमाडौं। सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ।

Tata
GBIME
NLIC

नेप्से परिसूचक आइतबार ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा आइपुगेको छ।

फाइनान्स, माइक्रोफाइनान्स, ट्रेडिङ र म्यानुफ्याक्चरिङ बाहेकका उपसूहले नेप्से घटाएका हुन्। विकास बैंकको सूचक सबैभन्दा धेरै १.३५ प्रतिशतले घटेको छ।

घटेको बजारमा दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सेन्ट्रल फाइनान्स र आइतबारबाट कारोबारमा आएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। गार्डियन माइक्रो लाइफको सेयर मूल्य प्रति कित्ता ३३१ रुपैयाँ पुगेको छ।

बजारमा ८ अर्ब ३९ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।