BIZMANDU
www.bizmandu.com

अपि पावरले मार्‍यो छलाङ, ६ महिनामा कमायो ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा

२०८१ माघ २७

अपि पावरले मार्‍यो छलाङ, ६ महिनामा कमायो ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा
अपि पावरले मार्‍यो छलाङ, ६ महिनामा कमायो ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा

काठमाडौं। अपि पावर कम्पनीले चालु आर्थिक वर्ष ६ महिनामा ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले आर्जन गरेको मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ३० करोड ९५ लाख रुपैयाँ धेरै हो।

Tata
GBIME

कम्पनीले गत वर्ष पुसम्म २१ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो। विद्युत बिक्रीबापतको आम्दानी बढ्दा र वित्तीय लागत घट्दा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको हो।

कम्पनीको विद्युत बिक्री आम्दानी ३८.३८ प्रतिशत बढेको छ। सञ्चालन मुनाफा २२९.११ प्रतिशत बढेको छ।

यस्तो छ अपि पावरको दुई आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय अवस्था

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी (रु हजारमा)६०७५९२७५७८६५९७
सञ्चालन आम्दानी (रु हजारमा)८५८०४७६२००६६३८.३८
खुद नाफा (रु हजारमा)३११६८८२१४३
वित्तीय लगात (रु हजारमा)-३३९३५४-२१४७९८५७.९९
प्रति सेयर आम्दानी (रुपैयाँ)१०.२६२.७५२७३.०९
प्रति सेयर नेटवर्थ (रुपैयाँ)१०९.१८१०३.३१५.६८