काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ खिच्ने भएको छ।
राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत २० दिनका लागि तान्न लागेको हो।
राष्ट्र बैंकले पैसा तान्नका लागि बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ। राष्ट्र बैंकले यसअघि तानेको १ खर्ब ६५ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।